Rule 15
नियमनकारी निकायको काम, कर्तव्य र अधिकार
ऐनमा तोकिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त नियमनकारी निकायको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) ऐनको दफा १० को उपदफा (१) को खण्ड (ञ) को प्रयोजनका लागि आवश्यक विवरण वित्तीय जानकारी इकाईलाई उपलब्ध गराउने,
(ख) सूचक संस्थाले वित्तीय जानकारी इकाईमा पेश गरेका विवरण, प्रतिवेदनको सङ्ख्या, प्रकृति, गुणस्तर लगायतका विषयमा जानकारी लिने ।